नेपालले कतारलाई १४८ रनको लक्ष्य दियो

by समतल अनलाइन
62Shares

काठमाडौँ । नेपालले आइसीसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोट प्रतियोगिताको सुपर सिक्स चरण अन्तर्गतको खेलमा कतारलाई १४८ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४७ रन जोड्‍यो ।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ५८ रन बनाए । उनले आक्रामक खेल्दै टोलीलाई स्थिर पारीमा पुर्‍याए । त्यसैगरी दिपेन्द्र सिंह ऐरीले २६ र*, र गुलशन झाले ८ बलमा १६ रनको महत्वपूर्ण योगदान दिए ।

अन्य खेलाडीमध्ये कुशल भुर्तेलले ६, आसिफ सेखले ११, कुशल मल्लले ८, मोहम्मद आदीलले २, सन्दीप जोराले १, सोमपाल कामीले १४ र नन्दन यादवले १ रन बनाए ।

बलिङतर्फ कतारका **मिर्जा बैग र डेनियल अर्चरले ३–३ विकेट हात पारे ।

You may also like