बुटवल। मुलुकमा शान्ति र विकासका लागि राजनीतिक स्थितरतामा जोड दिँदै उद्योगी व्यवसायीहरुले तोकिएकै मितिमा चुनाव हुनुपर्ने र उक्त चुनावमा राजनीतिक दलहरु सहभागि हुनुपर्ने धारणा राखेका छन् । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको सोमबार सम्पन्न ७२ औं वार्षिक साधारण सभाको उद्घाटन कार्यक्रममा बोल्ने उद्योगी व्यवसायीहरुले सधैभरी भईरहेका आन्दोलन र राजनीतिक अस्थिरताले मुलुकलाई पछाडि धकेल्नुका साथै लगानीको समेत असुरक्षा बढ्दै गएकोमा चिन्ता व्यक्त गरे ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले यस क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा निजी क्षेत्रले खेलेको भूमिकाको प्रशंसा गर्दै स्थानीय सरकार निजी क्षेत्रसंग हातेमालो गरेर अगाडि बढेको बताउनु भयो । उहाँले यस क्षेत्रको आर्थिक, सामाजिक विकासका लागि निजी क्षेत्रले अंगाडि सारेका योजना कार्यान्वयमा प्रतिवद्ध रेहेको बताउनु भयो ।
देशमा पछिल्लो पटक भएको जेन–जी युवा विद्यार्थीको आन्दोलनका विषयहरु सान्दर्भिक रहेको बताउँदै उक्त आन्दोलनको आडमा भएका गतिविधिको विरोध गर्नुभयो । ‘आन्दोलन र अपराधलाई छुट्याएर हेरिनुपर्छ ।’ उहाँले भन्नुभयो–‘आन्दोलनका विषयहरु सान्दर्भिक थिए, तर त्यसको आडमा तोडफोड, आगजनी, चोरी, लुटपाट लगाएतका अपराधिक गतिविधि भएका छन्, त्यसमा संलग्नलाई कारवाही गरिनुपर्छ ।’
त्यसैगरी उपप्रमुख सावित्रादेवी अर्यालले पनि निजी क्षेत्र आर्थिक विकासको मेरुदण्ड भएको बताउँदै औद्योगिक विकास र आर्थिक गतिविधिलाई चलायमान बनाउने विषयमा निजी क्षेत्रसंग फरक मत नरहेको भनाई राख्नुभयो । उहाँले जेन–जी आन्दोलनमा क्रममा भएका अपराधिक गतिविधिमा संलग्नलाई पहिचान गरि कारवाहीको दायरामा ल्याउनु पर्ने भनाई राख्नुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला नगर उपाध्यक्ष सुरकृष्ण वैद्यले देशमा उत्पन्न असहज परिस्थितीका कारण निजी क्षेत्र धर्मराएको बताउँदै निजी क्षेत्रको मनोवल उठाउनेगरी सुरक्षाको वातावरण बन्नुपर्ने भनाई राख्नुभयो । उहाँले सरकारले तोकेकै मितिमा निर्वाचन हुनुपर्ने र उक्त निर्वाचनमा दलहरु सहभागि हुनुपर्ने पनि भनाई राख्नुभयो । त्यसैगरी पुराना दलहरुलाई गाली गर्ने प्रबृत्ति पनि हटाउनु पर्ने भनाई राख्नुभयो ।
उहाँले निजी क्षेत्रले उठान गरेका धेरै कुराहरु सम्बोधन भएको स्मरण गर्दै कोभिड १९ महामारी, आर्थिक मन्दी, जेन–जी आन्दोलन, वर्षाले प¥याएको क्षेतीका कारण अझैपनि निजी क्षेत्र उठ्न नसकिरहेको भनाई राख्नुभयो । उद्योगी व्यवसायी यो देशका ठूला अपराधि हुन भनेजसरी हरेक आन्दोलनमा निजी क्षेत्रमाथी तागेट हुने गरेको बताउँदै निजी क्षेत्रमाथी भईरहेको आक्रमणले यहाँ भईरहेको लगानी पलायन हुने हो की भन्ने चिन्ता थपिदिएको बताउनु भयो । ‘परिवार छोराछारी बोकेर मास्क लगाएर घरबाट भाग्नुपर्ने स्थिती किन आयो ?’ उहाँले प्रश्न गर्दै भन्नुभयो–‘ऋण धन गरी लगानी गरेर देशमा रोजगारी सिर्जना गरेका उद्योगी व्यवसायीलाई तारन्तार आक्रमण गर्ने र लखेट्ने कामले यो देशको आर्थिक विकासले गति लिन सक्छ ?’ उहाँले तोडफोड, आगजनी तथा चोरी र लुटपाटमा संगग्नलाई कारवाही हुनुपर्ने बताउँदै यदि भएन भने भोलिका दिनमा हुने आन्दोलनमा यो प्रबृत्ति झनै बढेर जाने औंल्याउनु भयो ।
त्यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका बस्तुगत उपाध्यक्ष हेमराज ढकालले पनि जेन–जी आन्दोलनका क्रममा औद्योगिक तथा व्यवसायिक प्रतिष्ठानमा भएको तोडफोड, आगजनी तथा चोरी र लुटपाटका घटनाले निजी क्षेत्रको मनोवल गिराएको भनाई राख्नुभयो । उहाँले उत्पन्न परिस्थितीलाई सहज बनाउँदै सरकारले घोषणा गरेको घोषित मितिमा चुनाव गराउने गरी तयारी हुन सरकार र राजनीतिक दलहरुलाई आग्रह गर्नुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघका लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले अहिले निजी क्षेत्रका लागि प्रतिकुल समय रहेको बताउँदै सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसंग माग गर्नुभयो । संघका पूर्वअध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठले औद्योगिक विकास आथिर्क चलायमान बढाउनका लागि सोही अनुसारको नीतिगत व्यवस्था सहित उद्योगी व्यवसायीलाई लगानीको सुरक्षा र भरपर्दो शान्ति सुरक्षाको व्यवस्था मिलाउन आग्रह गर्नुभयो ।
कार्यक्रममा स्वागत गर्दै बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले यस क्षेत्रको आर्थिक तथा सामाजिक विकासका लागि संघले गरेका पहल तथा प्रयासहरुको बारेमा जानकारी गराउनु भएको थियो । उहाँले यस क्षेत्रको औद्योगिक विकासका लागि मोतिपुर औद्योगिक क्षेत्र निर्माणमा गति दिईनुपर्ने, व्यवसायिक विकासका लागि व्यवसायमैत्री वातावरण बन्नुपर्ने बताउँदै हेरक आन्दोलनमा व्यवसायिक प्रतिठानहरुमा हुने आक्रमणले निजी क्षेत्रको मनोबल गिराएको बताउँदै राज्यले प्रदान गर्ने सुरक्षा व्यवस्थालाई भरपर्दो बनाउनु पर्ने भनाई राख्नुभयो ।
कार्यक्रममा सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्य, इलाका प्रशासन कार्यालय बुटवलका प्रमुख रामचन्द्र अर्याल, उद्योग व्यापार संघका अध्यक्ष विष्णुप्रसाद पाण्डे, पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेल, उद्योगी व्यवसायीहरुको तर्फबाट राज पौडेल, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे, संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे, महासचिव मुक्ति अधिकारी लगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।
इलाका प्रशासन कार्यालय बुटवललाई कम्प्युटर सहित उपकरण प्रदान
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले इलाका प्रशासन कार्यालय बुटवललाई कम्प्युटर सहितका उपकरण प्रदान गरेको छ भने नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय लुम्बिनी प्रदेश कार्यालय बुटवललाई ह्वील लक प्रदान गरिएको छ ।
गत भदौ २३ र २४ गते जेन–जी युवा विद्यार्थीको आन्दोलनको क्रममा तोडफोड तथा आजगनीबाट ध्वस्त भएको ईलाका प्रशासन कार्यालय बुटवललाई संघले १ थान डेस्कटप कम्प्युटर, १ थान प्रिन्टर, १ थान स्क्यानर र १६ थान सिसिटिभि क्यामेरा प्रदान गरिएको हो ।
त्यसैगरी यस क्षेत्रको ट्राफिक व्यवस्थापनमा सहयोग पु¥याउनको लागि संघले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय लुम्बिनी प्रदेश कार्यालय बुटवललाई ५ थान ह्वील लक प्रदान गरेको हो । उक्त सामाग्रि संघको ७२ औं वार्षिक साधारण सभामा संघका अध्यक्ष हरिप्रसाद अर्याल र बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले सम्बन्धित कार्यालयका प्रमुख तथा प्रतिनीधिलाई हस्तान्तरण गर्नुभएको हो ।