58
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य आज पनि बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुन तोलाको २ हजार ४ सयले बढेर तोलाको २ लाख ४० हजार ४ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको २ लाख ३८ हजारमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ९५ रुपैयाँले बढेर ३२२५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ३१२५ मा कारोबार भएको थियो ।