कोसी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना

by समतल अनलाइन
206Shares

काठमाडौं । आज (सोमबार) कोसी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका धेरैजसो स्थानमा मौसम सफा रहने सम्भावना देखिएको महाशाखाले जनाएको छ ।

महाशाखाले आज बिहान ६ बजे जारी गरेको बुलेटिनअनुसार,

दिउँसो : सबै प्रदेशका पहाड भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा मुख्यतया सफा रहने छ। कोसी प्रदेशको पहाड भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

राति : देशभर मौसम मुख्यतया सफा रहने छ।

आंशिक बदली भनेको आकाशमा पातलो रूपमा बादल लाग्नु हो भनै मौसम मुख्यतया सफा भनेको लगभग आकाश पूरै सफा रहनु हो।

You may also like

This will close in 0 seconds