कोसी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना

by समतल अनलाइन
42Shares

काठमाडौं । आज (सोमबार) कोसी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका धेरैजसो स्थानमा मौसम सफा रहने सम्भावना देखिएको महाशाखाले जनाएको छ ।

महाशाखाले आज बिहान ६ बजे जारी गरेको बुलेटिनअनुसार,

दिउँसो : सबै प्रदेशका पहाड भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा मुख्यतया सफा रहने छ। कोसी प्रदेशको पहाड भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

राति : देशभर मौसम मुख्यतया सफा रहने छ।

आंशिक बदली भनेको आकाशमा पातलो रूपमा बादल लाग्नु हो भनै मौसम मुख्यतया सफा भनेको लगभग आकाश पूरै सफा रहनु हो।

You may also like