नेपालको रोमाञ्चक जित : युएईलाई एक रनले हरायो

by समतल अनलाइन
78Shares

काठमाडौँ । नेपालले युएईलाई रोमाञ्चक खेलमा एक रनले पराजित गरेको छ । टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनोट प्रतियोगिताको सुपर सिक्सअन्तर्गत शनिबार सम्पन्न खेलमा नेपालले दिएको १४१ रनको लक्ष्य पछ्याउँदै युएईले २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रन मात्र बनाउन सक्यो ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४० रनको योगफल बनाएको थियो । नेपालका लागि ओपनर आसिफ शेखले उत्कृष्ट प्रदर्शन गर्दै ५१ रनको अर्धशतकीय पारी खेले । त्यस्तै कुशल भुर्तेलले २८ रन, कप्तान रोहित पौडेलले २० रन, गुलशन झाले १४ रन र कुशल मल्लले १० रनको योगदान दिए ।

बलिङतर्फ युएईका जुनैद सिद्दीकी, मुहमद रोहिद, जाहिद अली, हैदर अली, हर्षिक कौशिक र ध्रुव पराशरले एक–एक विकेट लिएका थिए ।

यो जितसँगै नेपालले सुपर सिक्समा ४ अंक जोडेको छ । अब नेपालले सोमबार आफ्नो अर्को खेल कतारविरुद्ध खेल्ने कार्यक्रम छ ।

You may also like