67
काठमाडौं । स्वास्थ्य अवस्थामा समस्या आएपछि शनिबार अस्पताल भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेल आइतबार डिस्चार्ज भएका छन् ।
राष्ट्रपति पौडेललाई मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरले आइतबार डिस्चार्ज गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
शनिबार जेनजी प्रतिनिधिलाई वार्ताका लागि बोलाएका राष्ट्रपति पौडेल स्वास्थ्य अवस्थामा समस्या आएपछि उनीहरूसँग वार्ता नै नगरी अस्पताल गएका थिए ।
पौडेलले वार्ताका लागि बोलाए पनि भेट हुन नसकेपछि राष्ट्रपति भवनमा जेनजी प्रतिनिधिसँग भएको भेटवार्तामा प्रधानमन्त्री सहभागी भएकी थिइन् ।