नेपाल आज सुपर सिक्समा यूएईसँग भिड्दै

by समतल अनलाइन
177Shares

काठमाडौं । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटको सुपर सिक्स अन्तर्गत पहिलो खेलमा आज यूएईसँग भिड्दै छ।

ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा हुने खेल अपराह्न ४:१५ बजे सुरु हुनेछ। समूह चरणमा अपराजित रहेका दुवै टोलीले सुपर सिक्समा २–२ अंक जोडिसकेका छन्।

नेपाल र यूएईबीचको खेललाई ‘एसोसियट महाभिडन्त’ मानिन्छ। टी–२० अन्तर्राष्ट्रिय खेलमा यी दुई टोलीले १० पटक सामना गरेका छन्, जसमा दुवैले ५–५ खेल जितेका छन्। पछिल्लो पटक सन् २०२४ को एसीसी प्रिमियर कपमा यूएईले नेपाललाई पराजित गरेको थियो।

कप्तान रोहित पौडेलले यूएई बलियो टोली भए पनि नेपाल आफ्नो खेलमा केन्द्रित हुने बताए। “हामीले आफ्ना स्ट्रेन्थमा फोकस गर्छौं,” उनले भने।

पछिल्ला ५ टी–२० खेलमा नेपालले ४ जितेको छ भने यूएईले ३ जितेको छ। आजको खेल जित्ने टोली सुपर सिक्समा बलियो अवस्थामा पुग्नेछ।

नेपालको सम्भावित ११ : कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, कुशल मल्ल/लोकेश बम, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, गुल्शन झा, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने, ललित राजवंशी।

You may also like

This will close in 0 seconds