बुढानिलकण्ठ युवा समाजद्वारा १० औं बुढानिलकण्ठ नगर कप फुटबल प्रतियोगिता सुरु

by समतल अनलाइन
21Shares

बुढानिलकण्ठ।बुढानिलकण्ठ युवा समाज, बुढानिलकण्ठ–५ विष्णुमतीको आयोजनामा १० औं “बुढानिलकण्ठ नगर कप फुटबल प्रतियोगिता” शुक्रबारदेखि सुरु भएको छ।

१६ टिमको सहभागितामा सुरु भएको यस प्रतियोगिताको उद्घाटन बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठिराम मरासिनीले गर्नुभयो। उद्घाटन समारोहमा स्थानीय जनप्रतिनिधि, समाजसेवी, खेलप्रेमी र युवाको उत्साहजनक उपस्थिति रहेको थियो।

कार्यक्रमका संयोजक सुवास ठकुरीका अनुसार खेल हरेक दिन दिउँसो १ बजे देखि ३ बजेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताको सहजताका लागि बुढानिलकण्ठ नगरपालिका वडा नं. ५ ले विशेष सहयोग पुर्‍याइरहेको पनि उहाँले जानकारी दिनुभयो।

आयोजक बुढानिलकण्ठ युवा समाजका अनुसार प्रतियोगिताको उद्देश्य युवाबीच आपसी एकता सुदृढ गर्ने, खेलप्रतिको रुचि बढाउने र अनुशासनमूलक सोच विकास गर्ने हो। स्थानीय स्तरमा प्रतिभाशाली खेलाडीहरूलाई अवसर प्रदान गर्दै उनीहरूलाई राष्ट्रिय स्तरसम्म अघि बढाउने लक्ष्य पनि समाजले लिएको छ।

स्थानीय समुदायको उल्लेखनीय सहभागिता र खेलप्रेमीहरूको समर्थनबीच सुरु भएको यो प्रतियोगिता बुढानिलकण्ठ क्षेत्रको खेल विकासका लागि महत्वपूर्ण पहलका रूपमा हेरिएको छ।

You may also like