यस्तो छ विश्वकप छनौटको सुपर सिक्समा नेपालको खेल तालिका

by समतल अनलाइन
90Shares

काठमाडौँ । ओमानमा जारी आइसीसी पुरुष टी-२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनौट प्रतियोगितामा सुपर सिक्समा पुग्ने देशको टुंगो लागेको छ ।

गएराती समुह चरणका खेलहरु सकिएसँगै सहभागी ९ देश मध्ये ६ देश सुपर सिक्समा पुगेका हुन् । जसमा आयोजक ओमानसहित नेपाल र युएई समुह विजेता हुदै २-२ अंक लिएर सुपर सिक्समा पुगेका छन् । त्यस्तै कतार जापान र सामोआ उपविजेता हुदै सुपर सिक्समा पुगेका छन् ।

त्यसैगरी समुह ए बाट मलेसिया, समुह बी बाट कुवेत र समुह सी बाट पिएनजी भने समुह चरणबाट बाहिरिएका छन ।

अब समुह चरणका खेल आइतबारदेखि शुरु हुनेछन् । नेपालले आइतबार युएईको सामना गर्ने छ भने सोमबार कतारविरुद्ध खेल्ने तालिका तय भएको छ । त्यस्तै बुधबार ओमानसँग खेल्ने छ भने शुक्रबार सामोआ सँग खेल्ने तालिका तय भएको छ ।

You may also like