टी-२० विश्वकप छनौट: आज नेपाल र जापानबीच खेल हुदै

by समतल अनलाइन
159Shares

काठमाडौँ । ओमानमा जारी आइसीसी पुरुष टी-२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनौट प्रतियोगिता अन्तर्गत आज नेपाल र जापानबीचको खेल हुदैछ । यो खेल नेपाली समय अनुसार दिउसो ४: १५ बजेदेखि शुरु हुदैछ ।

समुह बी मा रहेका नेपाल र जापानले एक एक खेल जितेर प्रतियोगिताको सुपर सिक्समा पुगिसकेका छन् । दुवैले कुवेतलाई पराजित गरेका थिए । यसका साथै कुवेतले लगातार दोस्रो हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रतियोगितामा एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रबाट छनोट भएका ९ टोली सहभागी छन् । एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रबाट तीन देश विश्वकपमा छनौट हुनेछन् ।

क्यानले विश्वकप छनौट खेल्न रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली ओमान पठाएको छ । टिममा रोहित पौडेल (कप्तान), दीपेन्द्र ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेश बम, कुशल मल्ल, आसिफ सेख, मोहम्मद आदिल आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित राजवंशी, गुल्शन झा र सोमपाल कामी रहेका छन् ।

You may also like

This will close in 0 seconds