27
काठमाडौँ । नेपाल र जापान जारी आइसीसी पुरुष टी-२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनौट प्रतियोगिताको सुपर सिक्समा पुगेका छन् ।
विहिबार सम्पन्न खेलमा जापानले कुवेतलाई पराजित गरेसँगै समुह बी बाट नेपाल र जापान एक खेल अघि नै सुपर सिक्समा छनौट भएका हुन् ।
कुवेतले दिएको १७८ रनको लक्ष्य पछाएको जापानले १९.३ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यसअघि पहिला ब्याटिंग गरेको कुवेतले २० ओभरमा ६ विकेट गुमाउदै १७७ रन बनाएको थियो ।
यसका साथै कुवेतले लगातार दोस्रो हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ । कुवेत यसअघि बुधबार नेपालसँग पराजित भएको थियो । अब समुह बी अन्तर्गत नेपाल र जापान शुक्रबार खेल्ने तालिका छ ।