ओलीलाई पक्राउ गरेमा देशभर आगो बल्छ- महेश बस्नेत

by समतल अनलाइन
63Shares

काठमाडौँ । नेकपा एमालेका स्थायी समिति सदस्य महेश बस्नेतले केपी ओलीलाई पक्राउ गरेर देखाउन चुनौती दिएका छन् ।

एमाले भक्तपुरले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता बस्नेतले ओलीलाई पक्राउ गरे देशभर आगो बाल्ने चेतावनी दिएका हुन् ।

नेता बस्नेतले विदेशीका खेताला बनेर, शार्प सुटर ल्याएर कलिला बालबालिकाको हत्या गरिएको र यसका मुख्य्मात्र बालेन शाह र सुदन गुरुङ भएको भन्दै उनीहरुलाई कारवाही गर्नुपर्ने बताए ।

साथै बस्नेतले असोज २५ गते काठमाडौँको तीनकुनेमा युवासंघले मोटरसाइकल र्याली गर्न लागेको जानकारी दिदै एमाले के हो भन्ने तागत देखाउने बताए ।

नेता बस्नेतले बालेन शाह पक्षका सामाजिक सञ्जाल पेजहरुले केपी ओली र महेश बस्नेतलाई पक्राउ गर्न अभियान चलाएको आरोप लगाउदै आफुहरु पंचायतसँग लागेको पंक्ति भएकोले आफुहरु नडराउने बताए ।

You may also like