काठमाडौं । असोज १८ र १९ गतेको अविरल वर्षा र बाढीपहिरोको कारण आज पनि देशका विभिन्न राजमार्गको नौ ठाउँमा सडक पूर्णरूपमा अवरुद्ध भएको छ।
नेपाल प्रहरीले आज प्रकाशित गरेको बुलेटिन अनुसार नौ स्थानमा सडक पूर्णरुपमा अवरुद्ध भएको छ भने विभिन्न सडकका तीन स्थानमा एकतर्फी गाडी गुडिरहेका छन् ।
एकतर्फी बन्द भएका सडकमा चापमा गाडी चरिहेका प्रहरीले जनाएको छ।
आज संखुवासभाको साँगुरिगढी स्थित कोसी राजमार्ग, मकवानपुरको भिमफेदी गाउँपालिका-८ बगुवा खोलास्थित कान्ती लोकपथ, मकवानपुरकै बकैया गाउँपालिका- ११ घट्टेपाखामा सवारी साधन एकतर्फी गुडिरहेका छन्।
कोसी राजमार्गमा पर्ने संखुवासभाको भोटखोला र मकालुमा, इलामको इलाम नगरपालिका–९ मा मेची राजमार्ग, पाँचथरको तमोर करिडोर, रसुवाको गोसाइँकुण्डमा पासाङ ल्यामु सडक, काभ्रेको रोसी गाउँपालिका–११ स्थित माम्तीखोला, सोही वडाको डालाबेसी, बुल्ढुंगा र बाँझोखेतमा सडक अवरुद्ध छ।
त्यसैगरि सिन्धुलीको सुनकोसी गाउँपालिका-१ नेपालथोकमा पनि पहिरोले सडक अवरुद्ध अवस्थामा छ। हुम्लाको खार्पुनाथस्थित कर्णाली करिडोर र कालीकोटको पचानझरास्थित कर्णाली करिडोर सडक पनि पूर्णरुपमा अवरुद्ध छ।