टी-२० विश्वकप छनौटमा नेपालको विजयी शुरुवात, कुवेत ५८ रनले पराजित

by समतल अनलाइन
58Shares

काठमाडौँ । नेपालले आइसीसी पुरुष टी-२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनौट प्रतियोगितामा विजयी शुरुवात गरेको छ । नेपालले पहिलो खेलमा कुवेतलाई ५८ रनले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो ।

नेपालले दिएको १४२ रनको लक्ष्य पछाएको कुवेतले १८.१ ओभरमा अल आउट हुदै ८३ रन बनाएको थियो । कुवेतका लागि क्लिन्टो अन्टोले सर्बाधिक २६ रन बनाए भने यासिन पटेलले १९ र मीट भाभ्सरले ११ रन बनाएका थिए ।

त्यस्तै नेपाली बलर रोहित पौडेल, सन्दीप लामिछाने र ललित राजबंशीले २-२ विकेट लिएका थिए भने सोमपाल कामी, कुशल भुर्तेल र नन्दन यादवले एक एक विकेट लिएका थिए । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाउदै १४१ रन बनाएको थियो ।

नेपालका लागि कुशल भुर्तेलले ६६ रन बनाएका थिए । यो कुशलको टी-२० खेलमा १२औं अर्धशतक हो । त्यस्तै दिपेन्द्र सिंह ऐरीले २० रन बनाएका थिए । त्यस्तै कप्तान रोहित पौडेलले १६ रन बनाएका थिए । त्यस्तै आसिफ सेखले २, कुशल मल्लले ४, सन्दीप जोराले ५ र गुलशन झाले ५ बलमा २० रन बनाएका थिए । त्यस्तै सोमपाल कामीले १ र नन्दन यादवले २ रन बनाएका थिए

त्यसैगरी कुवेतका बलर नवीनराज राजेन्द्रन र अनुदीप चेन्थामारा २-२ विकेट लिए भने मोहमद अस्लाम र मोहमद आकिफ फारुकले एक एक विकेट लिएका थिए ।

यो जितपछि समुह बि मा नेपालले महत्वपूर्ण २ अंक हासिल गरेको छ । अब नेपालले अर्को खेल शुक्रबार जापानसँग खेल्ने तालिका रहेको छ ।

You may also like