राष्ट्रिय वाणिज्य बैंक लुटपाट प्रकरणमा दुई जना पक्राउ

by समतल अनलाइन
55Shares

काठमाडौँ । बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकमा भएको लुटपाट प्रकरणमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँले दीपक श्रेष्ठ र नरेशकुमार यादवलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ। उनीहरूलाई लुटपाटमा संलग्न रहेको आरोपमा नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार उनीहरूले सो लुटपाटमा अरू को–को संलग्न थिए भन्ने विषयमा स्पष्ट जानकारी नभएको बयान दिएका छन्।

गत भदौ २४ गतेको प्रदर्शनका क्रममा बानेश्वर क्षेत्रमा निजी तथा सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी भएका थिए। सोही क्रममा राष्ट्रिय वाणिज्य बैंकको शाखामा पनि भीडले तोडफोड गरी लुटपाटको प्रयास गरेको थियो।

घटनापछि सुरुवाती अनुसन्धानका क्रममा नेपाली सेनाले पाँच जनालाई नियन्त्रणमा लिएको थियो। हाल प्रहरीले थप अनुसन्धान गर्दै अन्य संलग्नको खोजी गरिरहेको जनाएको छ।

You may also like