धैर्यता र संमयतापूर्वक कदम चाल्न सरकारलाई मानव अधिकार आयोगको निर्देशन

by समतल अनलाइन
51Shares

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले शान्ति सुरक्षाको सुदृढ व्यवस्थापन गर्न सरकारलाई आग्रह गरेको छ ।

आयोगले आज एक विज्ञप्ति जारी गर्दै हालै देशभरि भइरहेका राजनैतिक गतिविधि र प्रदर्शनहरूपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेको हो ।

भदौ २३ र २४ गते भएको घटनाबाट उत्पन्न परिस्थितिमा शान्ति सुरक्षा र विधिको शासनलाई मजबुद बनाउन सुरक्षा निकायको मनोबल उच्च बनाउँदै धैर्यता र समंयतापूर्वक आवश्यक कदम चाल्न आयोगले सरकारलाई निर्देशन समेत दिएको छ ।

साथै विभिन्न समूहले आगामी दिनमा गर्ने भनिएको प्रदर्शनलाई मर्यादित र सयमित बनाउन अरुप्रति घृणा युक्त अभिव्यक्ति बन्द गर्न सामाजिक सदभाव कायम राख्न र जनमतमा आधारित स्वच्छ राजनीतिक प्रतिस्पर्धामार्फत राजनीतिक निकासको प्रतिक्रियामा सहभागी हुन राजनीतिक दल र समूहलाई आयोगले अनुरोध समेत गरेको छ ।

आयोगले भदौ २३ र २४ गते भएको हिंसात्मक घटनाहरूको अनुगमन गर्दै मानव अधिकार उल्लंघन भएको उल्लेख गरेको छ। यस्ता घटनाबाट उत्पन्न परिस्थितिले नागरिकको सुरक्षा र मानव अधिकारमा नकारात्मक असर पार्ने भन्दै आयोगले चिन्ता व्यक्त गरेको छ।

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन भएन भन्ने भाष्य कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सुरू गरेको आरोप लगाएका छन् ।

पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गरेर यो भाष्य विश्वप्रकाशले सुरू गरेर माओवादीका अध्यक्ष प्रचण्डले त्यसमा घ्यू थपेको जिकिर गरे ।

उनले भने, ‘पछिल्लो समय रवि लामिछानेहरू नो नट अगेनको नारा लिएर आउनुभयो । अरू शक्तिहरू पनि आए, स्वभाविक ढङ्गले मुलुक अघि बढेको भए पनि भ्रमको खेती सिर्जना गरियो ।’

उनले २३ र २४ गतेको जेनजी आन्दोलन हाइज्याक भएको पनि दाबी गरे ।

You may also like