मनसुनी वायुको प्रभाव हट्यो, केही स्थानमा सामान्य वर्षाको सम्भावना कायमै

by समतल अनलाइन
65Shares

काठमाडौं । देशका धेरै स्थानबाट मनसुन हटिसकेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी क्षेत्रका केही स्थानमा पनि यसको प्रभाव कमजोर भइसकेको छ ।

हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशलगायत लुम्बिनी प्रदेशको पश्चिमी भूभागका धेरै स्थान र गण्डकी प्रदेशको पश्चिमी भूभागका थोरै स्थानमा पश्चिमी वायुको प्रभाव छ भने देशका बाँकी भूभागमा मनसुनी वायु तथा स्थानीय वायुको कमजोर मात्र प्रभाव छ।

अब मनसुन नरहेको क्षेत्रमा हुने वर्षा पश्चिमी वायुको प्रभावले हुने हो भने अझै मनसुनको कमजोर प्रभाव रहेको पूर्वी क्षेत्रमा हुने वर्षा मात्र मनसुनी वर्षा हो।

आज दिउँसो कोसी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक(दुई स्थानमा मेघगर्जनरचट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ।

यस्तै राति कोसी प्रदेश र मधेस प्रदेशलगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाड भूभागका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

You may also like