नेप्सेमा ५८.५५ अंकको गिरावट, ४ अर्ब ६२ करोडको कारोबार

by समतल अनलाइन
69Shares

काठमाडौँ । दशैँ बिदा पछि खुलेको आज नेप्सेमा दोहोरो अंकले गिरावट आएको छ । मंगलबार ५८.५५ अंकले घटेर नेप्से २६०४.९६ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३२६ कम्पनिका एक करोड ३ लाख ४५ हजार ९०३ कित्ता शेयर ४ अर्ब ६२ करोड ९० लाख ४२ हजार ६५६ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयरमा गिरावट आएको छ ।

आज सेन्चुरी डेभेन्चरमा सकारात्मक सर्किट लागेको छ भने एनआइसी एशिया ऋण पत्रको शेयरमा ९.११ प्रतिशतले बढेको छ । त्यस्तै आज भूगोल इनर्जीको शेयर सबैभन्दा बढी ९.९९ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी युनियन हाइड्रोको २८ करोड ३१ लाख र नेपाल रिइन्सुरेन्सको १९ करोड ४५ लाख बराबरको कारोबार भएको छ ।

You may also like