बाढीपहिरो अपडेट : १५ नाबालकसहित ६० जनाको मृत्यु

by समतल अनलाइन
112Shares

काठमाडौँ ।गत शुक्रबार र शनिबार आएको भारी वर्षापछिको बाढीपहिरोका कारण मृत्यु हुनेको संख्या ६० पुगेको छ ।

ज्यान गुमाउनेमा १९ जना पुरुष, २६ जना महिला र १५ नाबालक रहेका प्रहरीले जनाएको छ ।

जसमध्ये सबैभन्दा धेरै मृत्यु इलाममा भएको छ । इलाममा पहिरो र बाढीमा परेर मृत्यु हुनेको संख्या ३७ पुगेको छ ।

पाँचथरमा ८, उदयपुरमा ३, खोटाङमा २, सुनसरीमा १, रौतहटमा ३, मोरङ, महोत्तरी, सिन्धुपाल्चोक र सिन्धुलीमा १/१ र काभ्रेमा २ जनाको मृत्यु भएको हो ।

You may also like