सप्तकोशी नदीले खतरा तह पार गर्‍यो, तटीय बस्तीलाई उच्च सतर्कता

by समतल अनलाइन
116Shares

काठमाडौँ । सुनसरीस्थित सप्तकोशी नदीले खतरा तह पार गरेको छ। चतरा जलमापन केन्द्रका अनुसार शनिबार बिहान ८ः१० बजे नदीको जलसतह खतरा तहभन्दा माथि पुगेको हो।

जलसतह बढ्दो क्रममा रहेकाले तटीय क्षेत्र र डुबान जोखिममा रहेका होचा भूभागका बासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार यस क्षेत्रमा आज पनि भारी वर्षा हुने सम्भावना रहेको छ, जसका कारण बाढीको जोखिम थप बढ्न सक्ने चेतावनी दिइएको छ।

You may also like