इलाममा पहिरोले घर पुरिँदा दुई बालबालिकाको मृत्यु, तीन जना बेपत्ता

by समतल अनलाइन
206Shares

इलाम । इलाम नगरपालिका–६ घोसमा आइतबार बिहान पहिरोले एक घर पुरिँदा दुई बालबालिकाको मृत्यु भएको छ।

स्थानीय डम्बरबहादुर पाख्रिनको घरमा आएको पहिरोले घर पुरिँदा उनका दुई सन्तानको ज्यान गएको हो। स्थानीय रेवज तामाङका अनुसार सो घटनामा अन्य तीन जना बेपत्ता छन्।

दुई जना घाइतेलाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ। घटनास्थलमा स्थानीय र प्रहरी टोली उद्धार कार्यमा खटिएका छन्।

दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

You may also like

This will close in 0 seconds