मुग्लिन–पोखरा सडक भासिँदा जोखिमपूर्ण आवागमन

by समतल अनलाइन
102Shares

तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४, डम्पिङमा सडकको ठूलो हिस्सा भासिँदा सवारी आवागमन जोखिमपूर्ण बनेको छ।

इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक टेक प्रसाद सुवेदीका अनुसार शनिबार साँझ करिब ५ बजेतिर सडक भासिएको हो। भासिँदा एक लेनभन्दा बढी भाग तल खसेपछि बाँकी रहेको साँघुरो र कमजोर भागबाट मात्र एकतर्फी रूपमा सवारी साधन गुज्राइँदै छ।

हाल प्रहरीले घटनास्थलमा खटिएर सवारी व्यवस्थापन गरिरहेको छ। तर, लगातारको वर्षाले थप सडक भासिन सक्ने खतरा बढेकाले चालकहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

प्रहरीले सकभर आवश्यक नभएसम्म यात्रा नगर्न आग्रह गर्दै आवागमनलाई न्यूनतम जोखिममा सञ्चालन गर्ने प्रयास भइरहेको जनाएको छ।

You may also like