रौतहटमा चट्याङ लागेर दुई किशोरको मृत्यु

by समतल अनलाइन
87Shares

रौतहट । जिल्लाको कटहरिया नगरपालिका–२ थियाही गाउँमा शनिबार चट्याङ लागेर दुई किशोरको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय गौरका डीएसपी राजु कार्कीका अनुसार मृत्यु हुनेमा १६ वर्षीय सेराज लहेरी र १७ वर्षीय नवीन यादव रहेका छन्।

शनिबार बिहानैदेखि परेको अविरल वर्षाका बीच सडकमा हिँडिरहेका बेला चट्याङको चपेटामा परेका उनीहरू गम्भीर घाइते भएका थिए। घाइते अवस्थामै घटनास्थलमै दुवैको ज्यान गएको प्रहरीले जनाएको छ।

मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको प्रहरीले जानकारी दिएको छ।

You may also like