83
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले देशभर परिरहेको भारी वर्षापछि देखिएको विपद् व्यवस्थापनका काममा निरन्तर निगरानी तथा अनुगमन भइरहेको बताएका छन्।
असोज १७ गते बेलुकीदेखि जारी वर्षापछि उत्पन्न हुन सक्ने जोखिमबारे जानकारी दिन शुक्रबार उनले भिडियो सन्देश जारी गरेका हुन्। सन्देशमार्फत उनले मन्त्रालय र अन्तर्गतका निकायले पहिल्यैदेखि सूचना जारी गरी नागरिकलाई सतर्क गराउँदै आएको स्मरण गराए।
उनका अनुसार ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय, जल तथा मौसम विज्ञान विभाग तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलगायत सम्बन्धित निकायसँग समीक्षा बैठक गर्दै आवश्यक कार्य निरन्तर अघि बढाइएको छ।