विपद् व्यवस्थापनमा सक्रियता बढाउन गृहमन्त्रीको निर्देशन

by समतल अनलाइन
95Shares

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले देशको राष्ट्रिय सुरक्षा संवेदनशील बन्दै गएको भन्दै विपद् व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने स्पष्ट निर्देशन दिएका छन् । विपद् व्यवस्थापनलाई प्रभावकारी बनाई नागरिकसँगको सम्बन्ध उच्च बनाउन उनले सरोकारवालालाई निर्देशन दिएका हुन् ।

आज असोज १७ देखि असोज २० गतेसम्म कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मध्यमदेखि अति भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान रहेकाले विपद् व्यवस्थापन बनाउन सम्बन्धित निकायलाई निर्देशन दिए ।

मनसुनसम्बन्धी विपद् संवाद भर्चुअल बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले उक्त निर्देशन दिएका हुन् । उनले विपद् व्यवस्थापन गर्दा सुशासन र सेवा प्रवाह अटुट रहने कुरामा ध्यान दिनुपर्ने पनि बताए । सम्भावित विपद्लाई ध्यान दिई गृहमन्त्री अर्यालको उपस्थितिमा गृह सचिव रामेश्वर दंगालसहित गृह मन्त्रालय एवं राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अधिकारीहरूको सहभागितामा भर्चुअल बैठक गरिएको हो।

बैठकमा चारवटै सुरक्षा निकायका प्रमुख एवं विपद् फोकल पर्सन, ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समितिका सदस्यहरूको उपस्थित थिए।

You may also like