138
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले तोकिएको मितिमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।
बडा दसैंको अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले युवापुस्ताको अभूतपूर्व आन्दोलनको जगमा वर्तमान सरकार गठन भएको उल्लेख गर्दै सरकारले जिम्मेवारीअनुसार समयमै निर्वाचन गराउने आश्वासन दिइन्। उनले देशमा सुशासन कायम गर्न आफू दृढप्रतिज्ञ रहेको समेत दोहोर्याइन्।
शुभकामना सन्देशमार्फत प्रधानमन्त्री कार्कीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइहरूलाई दशैंको अवसरमा सुख, शान्ति र समृद्धिको मंगलकामना गरिन्।
यसैबीच, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री कार्कीले यस वर्ष टीका नलगाउने र सर्वसाधारणलाई पनि टीका लगाइदिने कार्यक्रम नरहेको स्पष्ट पारेको छ।