167
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन सोमबार बिहान सुरक्षा बिना नै पोखरा पुगेका छन्।
मन्त्रालय स्रोतका अनुसार मन्त्री पुन कुनै सुरक्षाकर्मी वा निजी सुरक्षा अधिकारी (पिएसओ) विना नै जहाजबाट पोखरा गएका हुन्।
‘मन्त्रीज्यू बिहान मन्त्रालयबाट निस्कनु भयो। उहाँले सुरक्षा नलिईकन पोखरा जानुभएको हो,’ एक अधिकारीले बताए । पोखरा विमानस्थलमा उत्रिएपछि मन्त्री पुन सामान्य यात्रु झैँ ट्याक्सी चढेर आफ्नो निवासतर्फ गएका थिए।
मन्त्री पुन पोखराको नदीपुरस्थित आफ्नो घर गएका हुन्। मन्त्री बनेपछि उनी काठमाडौँको केसरमहलस्थित मन्त्रालयकै आवासमा बस्दै आएका थिए। उनले सरकारी कामबाहेक निजी प्रयोजनमा सवारी साधन तथा सुरक्षा सुविधा नलिने घोषणा गरिसकेका छन्।




