राष्ट्रपतिसँग वार्ताका लागि जेनजीले बनायो टोली

by समतल अनलाइन
119Shares

काठमाडौँ।राष्ट्रपति रामचन्द्र पौडेलसँग वार्ता गर्न भन्दै जेनजीहरूले १४ सदस्यीय वार्ता टोली गठन गरेका छन्।

समितिमा पुरुषोत्तम यादव, मिराज ढुङ्गाना, प्रवेश दाहाल, बब्लु गुप्ता, किशोरी कार्की, टीकाराम लिम्बू, योग्यता भण्डारी, कासिबमोहम्मद मिया, जेम्स कार्की, अर्पित कुँवर, दीपकजंग अधिकारी, अभिषेक श्रेष्ठ छन्।

अन्य ३ जना भने घाइते र शहीद परिवारका सदस्य रहने बताइएको छ। वार्ता टोलीका सदस्य दाहालले अहिले जेनजीहरु एकजुट भइसकेको बताएका छन् । ‘हामी जेनजी एक छौँ एक हुनेछौँ,’ वार्ता टोलीको विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले भने ।

You may also like