१६ अस्पतालमा ‘जेनजी क्लिनिक’ स्थापना

by समतल अनलाइन
103Shares

काठमाडौँ।गत भदौ २३ र २४ गते जेनजी पुस्ताले गरेको आन्दोलनका घाइतेहरुलाई परिचयपत्र वितरण सुरु गरिएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले अस्पतालमै पुगेर घाइतेहरुलाई भेटेर परिचय पत्र वितरण सुरु गरेका हुन् ।

गृह मन्त्रालयको निर्णय बमोजिम जेनजी आन्दोलनका घाइतेलाई परिचय पत्र वितरणसँगै अस्पतालहरूमा डेडिकेटेड जेनजी क्लिनिक समेत स्थापना गरिएको छ ।

घाइतेहरूको फलो अप उपचार व्यवस्थित होस् भन्ने उद्देश्यले काठमाडौँ उपत्यकासहित देशभरका १६ अस्पतालहरूमा जेनजी क्लिनिक स्थापना गरिएको हो । साथै जेनजी आन्दोलनका घाइतेहरुलाई अस्पतालसम्म नि:शुल्क एम्बुलेन्सको व्यवस्था समेत मिलाइएको मन्त्रालयले जनाएको छ ।

यी हुन् जेन–जी क्लिनिक स्थापना गरिएका अस्पतालहरू

You may also like