91
काठमाडौं । मुग्लिन–नारायणगढ सडक खुलेको छ। बिहीबार राति तुइनखोलानजिकै पहिरो पूर्ण रूपमा हटाएपछि सडक सञ्चालनमा आएको हो ।
सडक डिभिजन भरतपुरले सूचना जारी गरी सडक दुवैतर्फ सवारीसाधन सञ्चालन हुने गरी खुलाइएको जानकारी दिएको हो।
पटकपटक ठूलो पहिरो खस्दा मुग्लिन–नारायणघाट सडकमा गएको एक सातादेखि गाडी चल्न सकेका थिएनन् ।
तीन दिन लगाएर पहिरो पन्छाएको ठाउँमा गएको मंगलबार झन् ठूलो पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध थियो ।
दसैँसहितका चाडपर्वको संघारमा राजधानी काठमाडौँ आवात जावत गर्ने मुख्य सडक अवरुद्ध हुँदा यात्रुले सास्ती पाएका छन्।