77
काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत एटलेटिको म्याड्रिडले रायो भल्लेकानोलाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा एटलेटिको म्याड्रिडले रायो भल्लेकानोलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।
एटलेटिकोको जितमा जुलियन अल्भारेजले ह्याट्रिक गरेका थिए । उनले खेलको १५औं, ८०औं र ८८औं मिनेटमा गोल गरेका थिए । त्यस्तै रायो भल्लेकानोका लागि पेप चाभारिया र अल्भारो ग्रासिया रिभेराले एक एक गोल गरेका थिए ।
यो जितपछि एटलेटिको म्याड्रिडको ६ खेलमा ९ अंक भएको छ र लिगमा नवौं स्थानमा रहेको छ । त्यस्तै रायो भल्लेकानोको ६ खेलमा ५ अंक रहेको छ र लिगमा १४औं स्थानमा रहेको छ ।