प्रधानमन्त्री कार्कीले बिहिबार राष्ट्रको नाममा सम्बोधन गर्ने

by समतल अनलाइन
113Shares

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले भोलि (बिहीबार) साँझ ६ बजे राष्ट्रको नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

यस सम्बोधनको समन्वय सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयले गरेको स्रोतले जानकारी दिएको छ। प्रधानमन्त्री कार्की जेनजीहरूको २३ र २४ भदौको प्रदर्शनपछि २७ भदौमा नियुक्त भएकी थिइन्।

उनले प्रतिनिधि सभा विघटन गरी आगामी फागुन २१ गते निर्वाचनको घोषणा गरिसकेकी छन् । हाल नेपाल सरकारले चुनावको तयारी र निर्वाचन प्रक्रिया अघि बढाउने गरी काम गरिरहेको छ । बुधबारमात्र अध्यादेशमार्फत सरकारले मतदाता नामावली ऐन संशोधन गरेको छ ।

You may also like