बुटवल ।दशैंलाई लक्षित गर्दै बुटवल–११ कालिकानगर (नयाँ मण्डी)स्थित नेपाली जुत्ता घर बुटवलले ग्राहकका लागि विशेष अफर सार्वजनिक गरेको छ। अफरअन्तर्गत भाग्यशाली विजेताले **२५ केजी बराबरको खसी** सहित विभिन्न उपहार जित्ने अवसर पाउनेछन्।
सञ्चालकका अनुसार असोज १ गतेदेखि १३ गतेसम्म सञ्चालन हुने ‘**बृहत दशैं विशेष धमाका अफर**’मा जुनसुकै ब्रान्डका जुत्ता वा चप्पल खरिद गर्ने ग्राहकले लक्की ड्रमार्फत सहभागी हुन सक्नेछन्। लक्की ड्रबाट छानिने **एकजना विजेताले २५ केजी बराबरको खसी* पुरस्कारस्वरूप पाउने छन्।
यसका साथै, अन्य १० जना भाग्यशाली विजेतालाई एयरपड्स र स्मार्ट वाच प्रदान गरिने कम्पनीले जनाएको छ।ग्राहक आकर्षित गर्न कम्पनीले यस अवसरमा जुत्ता–चप्पलमा अधिकतम ५० प्रतिशतसम्म छुटको व्यवस्था पनि गरेको छ। यसले ब्रान्डेड तथा गुणस्तरीय जुत्ता–चप्पल किफायती मूल्यमा खरिद गर्ने अवसर दिने बताइएको छ।
अफरको अन्तिम दिन असोज १३ गते (फूलपातीको दिन) लक्की ड्र मार्फत विजेता घोषणा गरिनेछ। नतिजा नेपाली जुत्ता घर बुटवलकोआधिकारिक फेसबुक पेज र टिकटक लाइभ**मार्फत सार्वजनिक गरिने भएकाले ग्राहकले घरमै बसेर हेर्न सक्नेछन्।
दशैंमा किनमेल गर्ने तयारीमा रहेका उपभोक्ताका लागि यो अफरलाई कम्पनीले सुनौलो अवसरका रूपमा लिएको छ।