भाटभटेनी सुपरमार्केटमा आगजनी र लुटपाट हुँदा करिब ११ अर्बको क्षति

by समतल अनलाइन
94Shares

काठमाडौँ।जेनजी पुस्ताले गरेको आन्दोलनको क्रममा भाटभटेनी सुपरमार्केटमा भएको आगजनी र तोडफोडबाट करिब १० अर्ब ८५ करोड ६७ लाख रुपैयाँभन्दा बढीको क्षति पुगेको छ।

भाटभटेनी सुपरस्टोरले देशभर सञ्चालनमा ल्याएका २० वटा स्टोरमध्ये १२ स्टोरमा पूर्ण आगजनी र ९ स्टोरमा आंशिक तोडफोड तथा लुटपाट भएको हो । क्षतिको विवरण संकलन गर्दै जाँदा जम्मा १० अर्ब ८५ करोड ६७ लाख ९८ हजार ८५४ रुपैयाँ बराबरको क्षति भएको देखिएको भाटभटेनीले जनाएको छ।

आगजनीका कारण बालुवाटारस्थित मुख्य स्टोरसहित १२ वटा भवन जलेर नष्ट भएका छन् । ती स्टोरभित्र रहेका स्केलेटर, लिफ्ट, फ्रिज, विद्युतीय उपकरणहरू, खाद्य तथा गैर-खाद्य सामग्रीहरूसमेत पूर्ण रूपमा नष्ट भएका छन् । त्यसैगरी ९ वटा स्टोरमा आंशिक रूपमा तोडफोड र लुटपाट गरिएको छ। ती स्टोरहरूमा करिब ४९ करोड ५७ लाख रुपैयाँ बराबरका सामग्रीहरूमा क्षति पुगेको छ।

भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मिनबहादुर गुरुङले प्रधानमन्त्री सुशीला कार्कीसँग यसअघि भएको भेटमा १० हजारभन्दा बढी कर्मचारीलाई बिदा नदिने र दसैं बोनस पनि प्रदान गर्ने जानकारी दिएका छन्।

You may also like