पूर्वी पहाडमा भारी वर्षाको सम्भावना

by समतल अनलाइन
143Shares

काठमाडौं । आज (असोज ८ गते) पूर्वी नेपालका केहीपहाडी भूभागमा भारी वर्षाको सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न स्थानमा मध्ममदेखि भारीसम्म वर्षा हुने सम्भावना रहेको जनाएको छ।

कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना औँल्याएको हो ।

महाशाखाका अनुसार,

दिउँसो : देशभर साधारणतया बदली रहने छ। कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थान, लुम्बिनी प्रदेशलगायत बाँकी पहाड भूभागका थोरै स्थान तथा बाँकी तराई भूभागका एक(दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

राति : देशका पहाड भेगमा साधारणतया बदली रही बाँकी स्थानमा आंशिक बदली रहने छ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेशका पहाड भूभागका थोरै तथा बाँकी तराई भूभागका एक(दुई स्थानमा स्थानमा मध्यम वर्षाको सम्भावना छ।

You may also like

This will close in 0 seconds