मुग्लिन–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा

by समतल अनलाइन
127Shares

चितवन ।मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत तुइन खोला पुल नजिकै आएको पहिरो पूर्ण रूपमा हटाइएपछि अब बाटो दुईतर्फी सञ्चालनमा आएको छ।

सोमबार साँझ ५:३० बजेदेखि सडक आवागमन सहज बनाइएको र यसअघि एकतर्फी मात्र सञ्चालनमा रहेको सडक अब दुबै तर्फबाट सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

सडक प्रयोग गर्ने चालक तथा यात्रुहरूलाई आफ्नो लेनअनुसार अनुशासनपूर्वक सवारीसाधन चलाउन पनि अनुरोध गरिएको छ।

You may also like