रुपन्देही शुद्धोदनमा मानसिक स्वास्थ्य मूल्याङ्कन प्रतिवेदन प्रमाणिकरण गोष्ठी सम्पन्न

by समतल अनलाइन
256Shares

शुद्वोदन। शुद्धोदन गाउँपालिकामा अर्जेण्ट एक्सन फण्डको आर्थिक सहयोग र सिर्जनशील संस्था नेपालको आयोजनामा आइतबार युवा, महिला र नन-बाइनरी अभियन्ताहरूको मानसिक स्वास्थ्यको मूल्याङ्कन प्रतिवेदन प्रमाणिकरण गोष्ठी सम्पन्न भएको छ।

अध्ययन टोलीकी टिम लिडर प्रतिमा शर्माले शुद्धोदन गाउँपालिकामा रहेका युवा महिला र नन-बाइनरी अभियन्ताहरूको मानसिक स्वास्थ्य अवस्था मूल्याङ्कन गर्नु नै मुख्य उद्देश्य रहेको बताइन्।

गाउँपालिका उपाध्यक्ष शान्तादेवी ज्ञवालीले यस क्षेत्रमा मानसिक स्वास्थ्यसम्बन्धी योजनाबद्ध कार्यक्रम सञ्चालन गरिने र पालिकामा मानसिक स्वास्थ्य सुधारका लागि समिति समेत गठन गरिएको जानकारी गराइन्।

गाउँपालिका कार्यालय प्रमुख प्रशासकीय अधिकृत लेख बहादुर बस्नेतले सबैलाई मानसिक स्वास्थ्यका क्षेत्रमा काम गर्न अनुरोध गर्दै, पालिकासँग सहकार्य गर्न आउने संघसंस्थामा प्रतिवेदन साझा गरिने बताए। साथै, मानसिक रूपमा स्वस्थ व्यक्तिले आफ्नो क्षमता पहिचान गरी दैनिक जीवनमा विभिन्न परिस्थितिको सामना गर्दै उत्पादनशील र प्रगतिशील जीवन यापन गर्न प्रेरित गरिने बताए।

You may also like

This will close in 0 seconds