बुटवलमा यामाहा ‘ब्लु फेस्ट’ : नयाँ बाइकमा विशेष अफर, पुराना सवारी साट्नेको भीड

by समतल अनलाइन
159Shares

बुटवल। बुटवलमा यामाहा मोटरसाइकलको ‘ब्लु फेस्ट’ अभियान सुरु भएको छ। असोज ३ गतेबाट सुरु भएको यो विशेष अफर असोज ९ गतेसम्म सञ्चालन हुने जनाएको छ। कार्यक्रममा ग्राहकहरूले पुराना सवारी साटेर नयाँ बाइक वा स्कुटर किन्न सक्नेछन्।

कालिका नगरस्थित बाइकर्ज बुटवल प्रा.लि.को यामाहा शोरुममा सञ्चालन भइरहेको मेलामा जुनसुकै ब्रान्डको बाइक ल्याएर नयाँ यामाहा बाइक लिन सकिने व्यवस्था गरिएको छ। यामाहा बाइक ल्याउने ग्राहकले न्यूनतम ५० हजार रुपैयाँसम्म मूल्याङ्कन पाउनेछन् भने अन्य ब्रान्डको बाइक ल्याउनेले न्यूनतम २५ हजार रुपैयाँसम्म मूल्याङ्कन पाउनेछन्। कम्पनीले कर चुक्ता प्रमाणपत्र अनिवार्य गरेको छ।

ग्राहकलाई थप आकर्षक सुविधा दिन आयोजकले अतिरिक्त १० हजार रुपैयाँसम्मको मूल्य लाभ, निःशुल्क हेल्मेट र नगद छुटमा १० लाख रुपैयाँसम्मको सुविधा उपलब्ध गराइरहेको छ। साथै, बिना धितो सजिलो वित्तीय योजना र ७.९९ प्रतिशत ब्याजदरमा किस्ताबन्दी सुविधा पनि दिइएको छ।

शोरुमका प्रतिनिधिले भने, “७० वर्षे यात्राको उत्सवलाई ग्राहकसँग साझेदारी गर्न हामीले यो ब्लु फेस्ट आयोजना गरेका हौं। मेलामा ग्राहकको उपस्थिति उत्साहजनक छ र बाँकी दिनमा अझ बढी भीड हुने अपेक्षा छ।”

कार्यक्रममा नयाँ मोडलका मोटरसाइकल र स्कुटर प्रदर्शनी पनि गरिएको छ। विशेष गरी युवा ग्राहकहरूले नयाँ मोडलको टेस्ट राइड गर्दै रुचि देखाएका छन्।

आयोजकले भनेका छन् कि यो अवसर असोज ९ गतेसम्म मात्र उपलब्ध हुने भएकाले इच्छुक ग्राहकले छिट्टै सहभागिता जनाउनुपर्नेछ।

You may also like