काठमाडौं । सरकारले जेनजी आन्दोलन प्रभावितलाई छुट तथा सहुलियतको व्यवस्था गर्ने भएको छ ।
आइतबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।
यस्तै, बैठकले सरकारी खर्चमा ब्यापक कटौती गर्ने निर्णय पनि गरेको छ ।
बैठकले जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएका घटना छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने निर्णय समेत गरेको छ।
यी हुन् मन्त्रिपरिषद् बैठकका ९ निर्णय
-जेनजी आन्दोलनमा भएका घटना छानबिन गर्न गौरीबहादुर कार्कीको अध्यक्षतामा उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन
-राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा टेकेन्द्र कार्की नियुक्त ।
-नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाल नियुक्त
-सीआईबीको प्रमुखमा एआईजी डा। मनोज केसीको सरुवा।
-आन्दोलनमा भएको क्षतिको मूल्यांकन गर्न समिति गठन र पुनर्निर्माण कोष गठन गर्ने।
-आन्दोलनमा तोडफोड र आगजनी गरिएका सवारीसाधन र औजार लिलाम गर्ने।
-तीन करोडभन्दा कम लागतका योजना अघि नबढाउने।
-जेनजी आन्दोलन प्रभावितलाई छुट तथा सहुलियतको व्यवस्था।
-सरकारी खर्चमा व्यापक कटौती गर्ने।