काठमाडौँ महानगरले ३५ गाउँपालिकालाई एम्बुलेन्स दिदै

by समतल अनलाइन
41Shares

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले रोकेको एम्बुलेन्स वितरण गर्ने कार्य फेरी सुचारु गरेको छ ।

महानगरका प्रमुख बालेन शाहले यस बारेमा जानकारी दिदै असोज ७ गतेदेखि एम्बुलेन्स वितरण शुरु गर्ने बताएका हुन् । बालेनका अनुसार पहिलो चरणमा देशभरका दुर्गम तथा मापदण्डका आधारमा छनौट गरिएका ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स वितरण गरिने छ ।

एम्बुलेन्स वितरणका लागि पारदर्शी मापदण्ड बनाई, स्वास्थ्य सुविधा अभावमा पीछडिएका स्थानलाई प्राथमिकता दिइएको बालेनले उल्लेख गरेका छन् । उनले स्वास्थ्य सेवा पहुँच सबै नेपालीको आधारभूत अधिकार भएको विश्वास व्यक्त गर्दै देशका दुर्गम भूभागमा जीवन बचाउनु आफुहरुको कर्तव्य समेत भएको बताएका छन् । बालेनले यो मात्र सुरुवात भएको बताउदै कसैले स्वास्थ्य सेवाको अभावमा जीवन गुमाउन नपरोस् भन्ने आफुहरुको लक्ष्य भएको बताएका छन् ।

You may also like

This will close in 0 seconds