48
बुटवल । रुपन्देहीका अग्रज पत्रकार मनोरञ्जन शर्माको शनिबार निधन भएको छ । शर्माको भैरहवा सिटि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
शर्मा विगत दुई वर्षदेखि क्यान्सरबाट पीडित थिए । भैरहवा क्षेत्रमा आधार बनाएर उनले करिब दुई दशकदेखि सक्रिय पत्रकारिता गरेका थिए । उनले कारोबार दैनिकमा पत्रकारका रूपमा काम गरेका थिए भने न्यूज ओकेका सम्पादकसमेत रहेका थिए ।
पत्रकारितामा पेशागत इमानदारी र सक्रियताका कारण उनी सहकर्मी तथा पाठकमाझ लोकप्रिय बनेका थिए ।
उनका श्रीमती, एक छोरी र एक छोरा रहेका छन् ।
पारिवारिक स्रोतका अनुसार शर्माको अन्तिम दाहसंस्कार स्याङ्जा र पाल्पाको सङ्गमस्थलमा रहेको राम्दी घाटमा गरिनेछ ।