54
काठमाडौं । निवर्तमान प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले हालै सम्पन्न जेनजी आन्दोलनका क्रममा हिंसा भड्काउने कार्य षड्यन्त्रकारीहरूले गरेको दाबी गरेका छन्।
सामाजिक सञ्जालमार्फत पहिलोपटक आफ्नो भनाइ सार्वजनिक गर्दै उनले आन्दोलन शान्तिपूर्ण हुने भनिए पनि त्यसमा घुसपैठ भएको उल्लेख गरे। ओलीका अनुसार, “षड्यन्त्रकारीहरूले हिंसा मच्चाउँदा निर्दोष युवाहरूले ज्यान गुमाए।”
ओलीले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको स्वास्थ्यलाभको कामना समेत गरेका छन्। उनले सरकारको तर्फबाट प्रदर्शनकारीलाई ताकीताकी गोली चलाउन आदेश नदिएको स्पष्ट पार्दै भने, “प्रहरीसँग नभएका स्वचालित हतियारबाट गोली चलाइएको घटनाको छानबिन हुनु आवश्यक छ।”
उनले पुनः दुःख प्रकट गर्दै आन्दोलनका क्रममा प्राण गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।