लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य

by समतल अनलाइन
105Shares

बुटवल । लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको छ। प्रदेश प्रमुख कृष्णबहादुर घर्तिमगरले गत भदौ ३१ गते राति १२ बजेदेखि लागू हुने गरी प्रदेश सभाको चालु छैटौं अधिवेशन अन्त्य गरेका हुन्।

प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले बिहीबार सूचना जारी गर्दै चालु छैटौं अधिवेशन अन्त्य भएको जानकारी गराएका हुन्।

नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश प्रमुख घर्तिमगरले अधिवेशन अन्त्य गरेको र लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम ३ उपनियम ३ बमोजिम प्रदेशसभा सदस्यलाई अधिवेशन अन्त्य भएको जानकारीका लागि सूचना प्रकाशित गरिएको सूचनामा उल्लेख छ।

छैटौँ अधिवेशन गत वैशाख ३१ गतेदेखि सुचारु भएको थियो। प्रदेशसभा सचिवालयका अनुसार चार महिनामा प्रदेशसभाका १७ वटा बैठक बसेका थिए।

You may also like