चैतन्य एकेडेमी बुटवलद्वारा जेन–जी आन्दोलनका सहिद सम्झिँदै बुटवलमा दीप प्रज्वलन कार्यक्रम

by समतल अनलाइन
414Shares

बुटवल । जेन–जी आन्दोलनका क्रममा भदौ २३ र २४ गते प्राण गुमाएका सहिदहरूको स्मरणमा बुटवलमा चैतन्य एकेडमी र मेघा इन्स्टिच्युटको सहकार्यमा दीप प्रज्वलन सम्पन्न भएको छ । बिहीबार साँझ चैतन्य एकेडेमी बुटवल शाखाको परिसरमा आयोजित कार्यक्रममा सहिद आत्माको चिरशान्ति, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभ तथा देशमा शान्ति, सद्भावना र समृद्धिको कामना गरिएको थियो ।

कार्यक्रममा बोल्दै गर्दै प्रमुख दिपक ढकालले सहिदहरूले देखाएको बलिदानलाई भविष्य निर्माणको आधारका रूपमा लिनुपर्नेमा जोड दिए । उनले सहिदको सपना पुरा गर्न नागरिक सचेतना र ऐक्यबद्धता अपरिहार्य रहेको बताए ।

मानव अधिकार अधिकृत सागर पोखरेलले आन्दोलनका क्रममा उठाइएका मागलाई सम्बोधन गर्दै मानव अधिकार र न्याय सुनिश्चित गर्न राज्य गम्भीर हुनुपर्ने धारणा राखे । उनले सहिदको बलिदानलाई सम्मान गर्नु सबैको साझा जिम्मेवारी भएको उल्लेख गरे ।

प्राध्यापक शेषकान्त अर्यालले आन्दोलनमा युवाको सक्रिय सहभागितालाई ऐतिहासिक भन्दै सहिदका सपना पूरा गर्ने जिम्मा नयाँ पुस्ताले लिनुपर्नेमा जोड दिए ।

त्यसैगरी नागरिक लगानी कोषका अधिकृत शंकर पोखरेलले शान्ति, सद्भाव र विकासका लागि सबै क्षेत्रले मिलेर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा सहभागीहरूले दीप प्रज्वलन गर्दै सहिद आत्माप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । कार्यक्रममा विद्यार्थी, शिक्षक, समाजसेवी, लगायतको उपस्थिति रहेको आयोजकले जनाएको छ ।

साथै चैतन्य एकेडमीले लोकसेवाका तयारी कक्षा, शिक्षक सेवा आयोगका तयारी कक्षा, बैंकिङ्ग सेवाका तयारी कक्षा, सुरक्षा निकाय स्वास्थ्य सेवा एवं संस्थानहरुका तयारी कक्षाहरु संचालन गरिरहेको छ।

You may also like

This will close in 0 seconds