बुटवल । बुटवलमा शैक्षिक हबको रूपमा परिचित स्कलर्स होम बोर्डिङ सेकेन्डरी स्कुलमा कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरूको प्रतिभा उजागर गर्ने उद्देश्यले वक्तृत्वकला प्रतियोगिताको फाइनल राउन्ड सम्पन्न भएको छ ।
प्रतियोगितामा करिब ४५ भन्दा बढी विद्यार्थी सहभागी भएका थिए । विभिन्न शीर्षकमा भएको प्रतियोगिताको अध्यक्षता कक्षा ९ की छात्रा सरिता थापाले गरेकी थिइन् । प्रमुख अतिथि तथा विद्यालयका प्राचार्य बाबुराम बञ्जाडेले विद्यार्थीको नेतृत्व विकास, क्षमता अभिव्यक्ति र सार्वजनिक रूपमा बोल्न सक्ने व्यक्तित्व निर्माणमा यस किसिमको कार्यक्रमले टेवा पुग्ने बताए ।
कार्यक्रममा डा. आविष्कार पराजुली र नेत्रप्रसाद भट्टराई निर्णायक रहनुभएको थियो । तीन फरक समूहमा सम्पन्न प्रतियोगितामा जुनियर (कक्षा ४–५) तर्फ बार्बिका बञ्जाडे प्रथम, प्रिन्सा भुसाल द्वितीय, रिदम गिरी तृतीय र प्रिन्सी भट्टराई सान्त्वना बने ।
कक्षा ६–७ तर्फ सचेत पन्थी प्रथम, अभियान पन्त द्वितीय, प्रतीक आचार्य तृतीय र अप्रिसा हैजु सान्त्वना बनेका थिए । त्यस्तै सिनियर तर्फ श्लेशा शर्मा प्रथम, एन्जिला बञ्जाडे द्वितीय र दिक्षीता ज्ञवाली तृतीय भए । विजयी विद्यार्थीलाई मेडल, प्रमाणपत्र र ब्याग प्रदान गरिएको थियो ।
प्रतिभागी सबैलाई वक्तृत्वकला सम्बन्धी अभिमुखीकरण गर्दै निर्णायक डा. पराजुलीले बोल्ने सीप सुधार्ने विभिन्न टिप्स समेत सेयर गरेका थिए । कार्यक्रमको सञ्चालन दिलकुमारी उपाध्यायले गरेकी थिइन् भने सहजीकरणमा अतिरिक्त क्रियाकलाप प्रमुख मनुकान्त क्षेत्री, विद्यालय संयोजक शोभारानी प्रधान, ब्लक ए संयोजक कमला पाण्डे र सुरेन्द्र थापालगायतको सहभागिता रहेको थियो ।