काठमाडौं । स्वच्छ र स्वतन्त्र विज्ञहरू राखेर मन्त्रिपरिषद्लाई पूर्णता दिइने ‘जेन–जी’ का अगुवा सुदन गुरुङले बताएका छन् । भ्रष्टाचारविरुद्धको आन्दोलनबाट सत्तापलट गरेका जेन–जी युवाले अनलाइन भोटिङमार्फत सबैभन्दा रुचाइएका ‘क्यान्डिडेट’ शुसिला कार्की लाई प्रधानमन्त्री छनोट गरेका थिए ।
गुरुङ सुशीला कार्कीलाई प्रधानमन्त्रीमा छनोट गर्दा अपनाइएकै विधिबाट मन्त्रीहरू पनि छानिने बताउँछन् । उनले सञ्चार माध्यमसँग भनेका छन् , ‘सबैभन्दा पहिले कसलाई मन्त्री बनाउँदा ठिक हुन्छ भनेर आमनागरिकलाई सार्वजनिक आह्वान गर्छौँ । विभिन्न माध्यमबाट उहाँहरूले प्रस्ताव गर्नुहुन्छ । नागरिकले प्रस्ताव गरेकामध्येबाट सम्भावित उम्मेदवारबारे हाम्रो मापदण्डअनुसार स्क्रिनिङ गर्छौँ । सबैभन्दा पहिले कसलाई मन्त्री बनाउँदा ठिक हुन्छ भनेर आमनागरिकलाई सार्वजनिक आह्वान गर्छौँ । विभिन्न माध्यमबाट उहाँहरूले प्रस्ताव गर्नुहुन्छ । नागरिकले प्रस्ताव गरेकामध्येबाट सम्भावित उम्मेदवारबारे हाम्रो मापदण्डअनुसार स्क्रिनिङ गर्छौँ । पृष्ठभूमि, विज्ञता, दलको मान्छे हो कि होइन, के कस्तो हो सबै हेरिन्छ । पार्टीगत हुनुभएन, स्वतन्त्र हुनुपर्यो भन्ने हाम्रो मापदण्ड छ ।’
प्रधानमन्त्री कार्कीले जेन–जी पुस्तालाई निराश नबनाउने र उनीहरूकै सल्लाहमा मन्त्रिपरिषद् बनाएर काम गर्ने प्रतिबद्धता जनाएकी छिन् । कार्कीले आइतबार साढे ११ बजे कार्यभार सम्हाल्ने भएकी छन् । अधिवक्ता ओमप्रकाश अर्यालकाअनुसार विहान साढे ११ बजे प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहण हुनेछ ।
सिंहदरबारस्थित गृह मन्त्रालयका लागि बनाइएको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय स्थापना गरिएको छ। पुरानो कार्यालय आन्दोलनकारीले जलाएपछि नयाँ कार्यालयबाट काम गर्न लागिएको हो। जेनजीको आन्दोलनपछि ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन गराउने गरी कार्कीलाई चुनावी सरकारको प्रधानमन्त्री नियुक्त गरिएको हो। कार्कीले शुक्रबार बेलुका सपथ लिएपछि शनिबार दिनभर आन्दोलनका घाइते, सहिद परिवार भेट्दै भग्नावशेष संरचना हेरिन् ।