40
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन सफल बनाउन सबै पक्षसँग अपिल गरेका छन्।
शनिबार वक्तव्य जारी गर्दै राष्ट्रपतिले संविधान, संसदीय प्रणाली र संघीय लोकतान्त्रिक गणतन्त्र सुरक्षित भएको उल्लेख गर्दै आगामी निर्वाचनमार्फत जनताले अझ उन्नत लोकतन्त्रको बाटोमा अघि बढ्ने अवसर पाएको बताएका हुन्।
देशको हालको असहज र विषम परिस्थितिबाट शान्तिपूर्ण निकास निस्किएको भन्दै राष्ट्रपतिले ६ महिनाभित्र हुने प्रतिनिधि सभा निर्वाचनलाई लोकतन्त्रलाई थप सबल बनाउने अवसरका रूपमा लिनुपर्नेमा जोड दिएका छन्।