38
काठमाडौं। नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ लिएकी छन्। शुक्रबार राति शीतल निवासमा आयोजित समारोहमा उनले मुलुकको ४२ औं प्रधानमन्त्रीको रूपमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएकी हुन्।
जेन–जीहरूको मागको सम्बोधन गर्दै ६ महिना (फागुन) भित्र प्रतिनिधि सभा निर्वाचन गराउने गरी कार्कीलाई प्रधानमन्त्री नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जानकारी दियो।
कार्कीले आजै सिंहदरबार पुगेर पदभार ग्रहण गर्नेछिन्। आजै मन्त्रिपरिषद बैठक बसेर प्रतिनिधि सभा विघटन हुनेछ। अहिलेलाई सबै मन्त्रालय प्रधानमन्त्रीकै मातहत रहने गरी मन्त्रिपरिषद गठन गरिएको छ।