पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रमुख बन्ने

by समतल अनलाइन
47Shares

काठमाडौँ ।पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख नियुक्त गर्ने सहमति जुटेको छ। सहमति जुटेसँगै राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई आजै सो पदमा नियुक्त गर्ने तयारी गरेका छन्।

राष्ट्रपतिका प्रेस विज्ञ किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेलले कार्कीलाई आज राति ९ बजे शपथ ग्रहण गराउने कार्यक्रम रहेको छ।

यसअघि नयाँ सरकार गठनबारे छलफल गर्न पूर्वप्रधानन्यायाधीश कार्कीसहितको टोली शीतल निवास पुगेको थियो। छलफलमा कार्कीसँगै जेनजी अभियन्ता तथा हामी नेपाल संस्थाका अध्यक्ष सुदन गुरुङ र अधिवक्ता ओम प्रकाश अर्याल समेत सहभागी थिए।

यद्यपि, कार्कीलाई अन्तरिम सरकारको प्रमुख चयन गर्ने विषयमा सहमति जुटे पनि संसद् विघटनको विषयमा भने सहमति हुन सकेको छैन। दुवै पक्ष आफ्ना अडानमै रहेका छन्। पोखरेलले भने, *“यसबारेमा कार्कीको नियुक्तिसँगै औपचारिक जानकारी आउनेछ।”

यसअघि भदौ २२ र २३ गते भएको जेनजी आन्दोलनको दबाबपछि** प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार पदबाट राजीनामा दिएका थिए। असामान्य परिस्थिति ध्यानमा राख्दै दिइएको राजीनामा राष्ट्रपति पौडेलले सोही दिन स्वीकृत गरेका थिए।

You may also like