भाटभटेनीको भग्नावशेषमा जलेको अवस्थामा भेटिए तीन

by समतल अनलाइन
49Shares

धरान । धरानको भाटभटेनी सुपरमार्केटको भग्नावशेषमा जलेको अवस्थामा ३ जनाको शव फेला परेको छ । जेनजी आन्दोलनका क्रममा धरानको भाटभटेनीमा आगजनी भएको थियो ।

प्रहरीका अनुसार जलेर नचिनिने अवस्थामा ३ जनाको शव फेला परेको हो ।

शुक्रबार जनप्रतिनिधि र सुरक्षाकर्मीको टोली जलेको सुपरमार्केटको अनुगमन गर्नेक्रममा जलेका शव फेला परेको हो । प्रहरीले मुचुल्का उठाएर शव पोस्टमार्टमको लागि पठाएको छ ।

You may also like